२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हर्कले बालेनलाई भने : यस्ता जाबा मुद्दा त हप्तामा २-३ वटा लाइहरन्छ मलाई त

हर्कले बालेनलाई भने : यस्ता जाबा मुद्दा त हप्तामा २-३ वटा लाइहरन्छ मलाई त

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् ।

आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको बताएका छन् ।

‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

त्यसपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ आफू साथमा रहेको बताए । साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ लेखेका छन् ।

त्यस्तै सोमबार बिहान पनि साम्पाङले बालेनलाई ढाडस दिँदै स्टाटस लेखेका छन्। उनले भनेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २-३ वटा लाइरन्छ मलाई त ! ढोइट… भन्दै अघि बढ्नु पर्छ ! ढोइट…’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij