काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग मिलेर परिणामुखी काम गर्ने समझदारी बनेको बताएका छन्।
सँगै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्वपूर्ण छलफल भएको गृहमन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्वपूर्ण छलफल भयो,’ उनले भनेका छन्, ‘उहाँको टीमका केही प्रतिभाशाली साथिहरू पनि सहभागी हुनुहुन्थ्यो। छलफललाई निरन्तरता दिने समझदारी बनेको छ। देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो।’
आइतबारमात्रै मेयर शाहले सर्वोच्च अदालतबाट तारेखको पत्र लिएका छन्।
भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए।
सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भने- प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ
जसमा मेयर शाहविरुद्ध परेको रिटको सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो।
सोविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको लिखित जवाफ माग भएको थियो। उनले आज सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै प्रधानमन्त्रीले छुट पाएको भन्दै आफू ‘अपराधी’ बन्नुपरेको गुनासो गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij