२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

आगामी बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

आगामी बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । विपक्षी एमालेलगायतका दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेका थिए ।

१५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । यो समझदारीसँग संसदको अवरोध हटेको छ । यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij