२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नौ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

नौ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडौँ- पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी यातायात सञ्चालन गर्न मिल्नेगरी खुलेको छ।

नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुइतर्फी खुलेको हो। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक पूरै बन्द भएको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएपछि सडक खुलेको हो।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय (मुग्लिन) का प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा यातायात बन्द हुने गरेको छ। यो सडकबाट दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij