२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी भएन : सचिव भट्टराई

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी भएन : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको अहिलेको प्रक्रिया रोकेर पुनः अर्को प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले उपकुलपति नियुक्तिका अहिलेको प्रक्रिया बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले प्रक्रिया बढाउन आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले उपकुलपति नियुक्ति प्रक्रिया स्वच्छ, स्वतन्त्र र पारदर्शी भनेपनि त्यो नभएको बताए ।

उनले भने, ‘ अनुसन्धान र प्रस्तुतीमा एकदमै कम नम्बर राखेर अन्तरवार्तामा बढी दिएर छनौट गर्ने काम भएको छ । प्राध्यापक उपकुलपति हुने भनिएको छ । अनि उपकुलपतिको अन्तरवार्ता उपप्राध्यापकले लिन्छ । आफ्ना मान्छेलाई राख्न यो प्रपञ्च गरिएको हो । यसको असर अन्य विश्वविद्यालयमा पनि पर्न थालेको छ । त्यसैले यो त्रिविको उपकुलपति नियुक्त प्रक्रिया बन्द गरेर अर्को प्रक्रिया थालियोस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij