२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एलओडीका अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पनि पक्राउ

एलओडीका अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पनि पक्राउ

काठमाडौं– काठमाडौंको ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले श्रेष्ठलाई पक्राउ गरेको हो।

एलओडीमा गएकी एक १६ वर्षीया किशोरीलाई ललितपुर पुर्‍याएर बलात्कार गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले क्लबका सञ्चालकमाथि पनि अनुसन्धान अगाडि बढाएको हो।

उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको विषयमा उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। सोही विषयमा प्रहरीले क्लबका सञ्चालक राजुसिंह सुवाललाई बिहीबार पक्राउ गरेको थियो।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले कास्कीको पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ ३१ गते १६ वर्षीया बालिका आफ्नी १ जना साथीसँगै एलओडी पुगेकी थिइन्। एलओडी पुगेकी किशोरीलाई साथीसँगै घरमा पुर्‍याइदिन्छु भनेर बागडोल पुर्‍याएर बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ।

पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij