२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी विप्लवलाई

समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी विप्लवलाई

काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्व गर्ने सहमति अनुसार विप्लवलाई मोर्चाको संयोजक तोकेको हो ।

यसअघि मोर्चाको नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका थिए । त्यस्तै बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij