२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कोशीको मुख्यमन्त्री बने कांग्रेसका उद्धव थापा

कोशीको मुख्यमन्त्री बने कांग्रेसका उद्धव थापा

काठमाडौँ- कोशी प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रुपमा उद्धव थापा नियुक्त भएका छन्। थापालाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका थापा समानुपातिक सांसद हुन्।

उनी नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन्। थापालाई कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सिटसहित ४७ सांसदको समर्थन छ।

९३ सांसद रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। जसमध्ये सभामुखलाई पनि जोडेर कांग्रेसबाट थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

यसअघि नेकपा एमालेको नेतृत्वमा मुख्यमन्त्री बनेका हिक्मत कार्कीले अघिल्लो बुधबार विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। कार्कीको नेतृत्वमा यसअघि माओवादी, राप्रपा र जसपाको संयुक्त सरकार बनेको थियो। उनैको नेतृत्वमा नामविहीन बनेको प्रदेश १ को नाम कोशी राखिएपछि पहिचानवादीहरू आन्दोलित बनेका थिए।

पहिचानको मुद्दा उठाएको नेकपा माओबादी केन्द्र र जसपाले चौतर्फी दबाबपछि सरकारबाट बाहिरिने निर्णय गरेका थिए। सोही कारण कार्कीले विश्वासको मत माग्नुपर्ने बाध्यता थियो। कार्कीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij