२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, बोर्ड बैठक बस्दै

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, बोर्ड बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार नतिजा सार्वजनिकको काम सकिएको छ ।

आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘अन्तिम तयारीमा छौँ । आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने योजना छ । आज सम्भव नभए भोलि हुन्छ’, परीक्षा उपनियन्त्रक भक्तबहादुर गोदारले भने ।

२०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij