२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

शाखा बन्द हुने समाचारमा सत्यता छैन : एनआइसी एसिया बैंक

शाखा बन्द हुने समाचारमा सत्यता छैन : एनआइसी एसिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारहरुमा सत्यता नभएको बताएको छ । सोमबार बैंकका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले विज्ञप्ति जारी गरी समाचारमा सत्यता नभएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij