२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बागमती नहरमा बगेर ४ वर्षीय बालकको मृत्यु

बागमती नहरमा बगेर ४ वर्षीय बालकको मृत्यु

काठमाडौँ- सर्लाहीमा बागमती नहरमा बगेर चार वर्षीय बालकको मृत्यु भएको छ। बागमती नगरपालिका–८, सोल्टीमा मंगलबार नहरले बगाउँदा स्थानीय अनिल विकका छोरा दीक्षान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरनजिकै खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरीले उद्धार गरेर भेनस अस्पताल बरहथवामा पुर्‍याएका थिए।

त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्‍याइएको थियो। हरिवनमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij