२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी बन्द

गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी बन्द

काठमाडौँ- नारायणगढ-मुग्लिन सडक खण्डको ३ नम्बर पुलनजिकै आज (सोमबार) बिहान गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ। पहिरोले ट्रक पल्टिएकाले सडक दुईतर्फी नै बन्द भएको छ।

पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ।  उक्त स्थानमा पटक–पटक पहिरो खस्ने गरेको छ । पहिरोले हिजो (आइतबार) पनि झण्डै १८ घण्टा बन्द भएको यो सडक साँझ मात्र खुलेको थियो ।

त्यसको केही समयमै फेरि पहिरो खसेर बन्द भएको सडक पहिरो पन्छाएर खुलाइएको थियो।

यसरी नारायणगढ–मुग्लिन सडकमा बारम्बार पहिरो खसेर बन्द हुँदा यात्रुले सास्ती पाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij