२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

लेबनानलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

लेबनानलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ- साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ।

भारतले दोस्रो सेमिफाइनलमा शनिबार बेंग्लोरमा लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो।

त्यसअघि ९० मिनेट र ३० मिनेटको एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

आठ पटकको च्याम्पियन भारत साफको फाइनलमा १३औं पटक प्रवेश गरेको हो।

भारत सन् २००३ को बाहेक सबै साफको फाइनलमा पुगेको छ।

यसअघि आमन्त्रित टिम कुवतेले बंगलादेशलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त मंगलबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij