काठमाडौं । अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था अप्टिमिष्ट, नेपाल डिस्ट्रिक्टको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रभातफेरि गरिएको छ । नेपाल डिस्ट्रिक्टकका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुकरुपमा रिबन काटेर पुरानो बानेश्वरबाट सुरु गरेको प्रभातफेरि बागबजारमा पुगेर समापन भएको थियो ।
सन् १९१९ मा अमेरिकामा स्थापना भएको स्वयंसेवी संस्थाले विभिन्न देशमा आफ्नो स्थानीय क्लबमार्फत बालबालिकालाई सकारात्मक सोच पैदा गर्ने कार्यक्रम गर्छ । विश्वका धेरै देशहरुमा फैलिएको संस्थाको नेपालमा ५६ वटा क्लबहरु छन् । फेब्रुअरिको पहिलो दिनलाई आफ्नो अन्तर्राष्ट्रिय दिन मानि विभिन्न कार्यक्रमहरु गरि मनाउने परम्परा छ ।
आज फेब्रुअरीको पहिलो बिहीबार अनि पहिलो दिनबाट सुरु गरिएको सप्ताहव्यापी कार्यक्रम देशभरिकै क्लबहरुले वक्तित्वकला, निबन्ध लेखन प्रतियोगिता, सकारात्मक पत्रकारिता, ख्यातिप्राप्त व्यक्तित्वहरुसँग अन्तरक्रिया, फुटसल प्रतियोगिता, सकारात्मक ज्ञान दिने पुस्तक वितरण, न्यायो कपडा वितरण, कापीकलम वितरण लगायत कार्यक्रम गरि मनाउने कार्यक्रम रहेको कार्यक्रमका मुख्य संयोजक संस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाले जानकारी दिए ।
बोल्न सुन्न नसक्ने बालबालिकाको सांकेतिक भाषा मार्फत आफ्ना विचार राख्ने प्रतियोगिता पनि गरिने थपलियाले जानकारी दिए । गतवर्ष नेपालमा वक्तित्वकला प्रतियोगितामा प्रथम भएकी सिजन कार्कीले अन्तर्राष्ट्रियमा दोस्रो स्थान हासिल गरि अमेरिकन डलर ७,५०० राशिको पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij