२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङ गरेको नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४० दशमलव १ ओभरमा १४५ रनमै समेटियो ।

अफगानिस्तानलाई कमजोर योगफलमा रोक्न नेपालका आकाशले पाँच विकेट लिए । उत्कृष्ट बलिङ गरेका आकाशले आठ ओभरमा ३४ रनमात्र खर्चिए । उनले खेलको दोस्रो, छैटौँ, आठौँ, १०औँ र १२औँ ओभरमा नेपाललाई सफलता दिलाएका थिए ।

आकाशबाहेक, दीपेश कँडेलले दुई विकेट लिए । यस्तै, गुल्सनकुमार झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट हात पारे । अफगानिस्तानका अल्लाह मोहम्मद घजानफरले ३७ रन बनाए ।

कप्तान नासिर खान मरुफखिलले ३१ र र फरिदुन दावुदजाईले २९ रन थपे । नेपालविरुद्ध अफगानिस्तानका चार ब्याटरले रनको खातासमेत खोल्न सकेनन् । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij