२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

सात हजार घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

सात हजार घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

काठ चिरानको सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो ।
टोलीले घुस लिएको ७ हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीसँग श्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँसमेत गरी जम्मा ५२ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिएको हो । आयोगले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij