२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । अण्डर नाइन्टिन(यू–१९) विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । बुधबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।

१९८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपाललाई पराजित गर्ने क्रममा पाकिस्तानका मध्यक्रमका ब्याटर अजान अवाइसले अर्धसतकीय इनिङ्स खेले। ८२ बलको सामना गरेका उनले नटआउट ६३ रनको योगदान गरे ।

यस्तै पाकिस्तानका श्यामेल हुसैनले र शहजिब खानले ३७/३७ रनको योगदान दिए भने अहमद हसनले २९ रन जोड्दा हारुन अर्शदले नटआएट १५ रनको योदान दिए नेपालका लागि आकाश चन्दले तीन विकेट लिए।

दिपेश कँडेल र आकाश त्रिपाठीले १/१ विकेट लिए । यसअघि ब्याटिङ गरेको नेपालका ओपनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए। दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडे ।

दीपेश कँडेलले १३ रन जोड्दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६÷६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भए । पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। तर पाकिस्तानी स्पिनरसामु मध्यक्रमका नेपाली ब्याटर धराशायी बने ।

पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए। यस्तै अहमद हुसैन र उबैद साहले २÷२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १/१ विकट लिए । प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij