२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

राइजिङ स्टारलाई हराउँदै आर्मी क्वार्टरफाइनलमा

राइजिङ स्टारलाई हराउँदै आर्मी क्वार्टरफाइनलमा

पोखरा । त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली आर्मी क्लब अन्तिम आठमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे ।

खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाए । पहिलो पटक आहा रारामा सहभागी राइजिङ स्टारलाई आर्मीले माघ १४ गते संकटा क्लब सँगको भेट पक्का गर्यो । प्रतियोगितामा आर्मीका भरत खवास म्यान अफ दी म्याच बने ।

आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो । चार पटक फाइनल पुगेपनि आर्मी उपाधि भने जित्न सकेको छैन । बिहीबारको खेल मच्छिन्द्र क्लब र जावलाखेल क्लब बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij