२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

रामबहादुर बम्जन पक्राउ

रामबहादुर बम्जन पक्राउ

काठमाडौं । आफूलाई लिटिल बुद्ध भन्ने रामबहादुर बम्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनलाई मंगलबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनी लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए भने पछिल्लो समय भने उनी सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको उजुरीपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । जिल्ला अदालत सर्लाहीले २०७६ माघमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij