२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

टुटलका संस्थापक शिक्षित भट्ट थुनामुक्त

टुटलका संस्थापक शिक्षित भट्ट थुनामुक्त

काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशमा उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

प्रहरीले भट्टलाई प्रतिलिपि अधिकार ऐन र अपराधिक विश्वाघात गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । भट्टको विषयमा उच्च अदालत पाटनले अन्तरिम आदेश निरन्तरता नहुने आदेश भइसकेको देखिएकाले हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर प्रहरीले भट्टमाथि अनुसन्धान थालेको थियो । उनी विरुद्ध सिवाङकजंग थापाले जाहेरी दिएका थिए । उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिई आफैँले लिएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij