२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

ला लिगामा काडिजमाथि ग्रानडाको जित

ला लिगामा काडिजमाथि ग्रानडाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ग्रानडा विजयी भएको छ । गएराति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए ।

२२ औं मिनेटमा लुकास वोएको पासमा उजुनीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको ग्रानडाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो ।

७० औं मिनेटमा कार्लोस नेभाको पासमा ब्रायन मार्टिनेजले गोल गरेपछि ग्रानडा २–० को सहज जित निकाल्न सफल भयो ।
जितपछि ग्रनडा ला लिगाको तालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने काडिज पुछारबाट तेस्रो स्थानमा छ । ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij