२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘चोरी चोरी’ मा दयाहाङ र दीयाको रोमान्स

‘चोरी चोरी’ मा दयाहाङ र दीयाको रोमान्स

काठमाडौं । माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ को गीत सार्वजनिक भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर बासुरी फिल्मस युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij