२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ । जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान साढे ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ ।

गाडीमा २२ जना सवार रहेका थिए । “गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ । तर, ठूलो हताहत भएको छैन,” जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता नवराज कार्कीले भने, “घाइतेमध्ये १८ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । एकजना किष्ट अस्पतालमा उपचारपछि घर फर्किनु भएको छ ।”

ओभर स्पिडमा रहेकाले गाडी दुर्घटना भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij