२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बनाउन कांग्रेसको माग

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्न माग गरेको छ। पार्टी कार्यालय सानेपामा तीन दिन चलेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उच्चस्तरीय न्यायिक छानविन छानबिन गठन गर्न माग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

कांग्रेसले न्यायिक क्षेत्रकै छानविन समिति बनाएर दोषीलाई कारबाहि गर्नुपर्ने निर्णय गरेको छ। उनले मुलुकमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्। सरकारले गठन गरेको छानबिन समितिप्रति चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले न्यायिक समिति गठन गर्न माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij