२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार गभर्नर अधिकारविरुद्ध रिट दर्ता गरेका हुन् । रिटमा अदालतले शुक्रबारका लागि पेसी तोकेको छ । रिटमा उनीहरुले मन्त्रिपरिषद् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्ने व्यवस्था भएपनि गर्भनर अधिकारीको योग्यता ऐनले तोकेबमोजिम नभएको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र उक्त योग्यतालाई स्नातकोत्तर सरह मान्न नसकिने रिटमा उल्लेख छ । गभर्नर अधिकारी यसअघि लगानी बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत हुँदा पनि उनको योग्यतामाथि प्रश्न उठेको थियो । अधिकारी ०७६ साल चैत २४ मा गभर्नर नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij