२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

युवापुस्तामा यःमरीको महत्व बुझाउन पोखरामा यःमरी  प्रतियोगिता

युवापुस्तामा यःमरीको महत्व बुझाउन पोखरामा यःमरी  प्रतियोगिता

 

कास्की र  नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ ।

पुचःले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा पोखरामा यःमरी सांस्कृतिक महोत्सव तथा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २० समूहको सहभागिता रहेको नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले जानकारी दिइन् ।

महोत्सवले युवापुस्तामा यःमरीको महत्व बुझाउन सहयोग पुगेको उनले बताइन् । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उनको धारणा छ ।

“नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ,” अध्यक्ष बज्राचार्यले भनिन्, “मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।”

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष बज्राचार्यले बताइन् ।

नेवार समुदायमा महत्व बोकेको यःमरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने महोत्सव संयोजक भवानी माकाजुले बताउनुभयो । “यःमरी औषधिका रुपमा पनि खाने प्रचलन छ,” उनले भनिन्, “यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।”

परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताए । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले यःमरी जोगाउन प्रयिोगिता आयोजना गरेको उनले सुनाए ।

“पोखराको पुरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ,” वडाध्यक्ष पराजुलीले भने, “यःमरीलाई पर्यटनसँग जोड्न र संरक्षण गर्न महोत्सवको आयोजना गरेका हौँ ।” यो परिकार संरक्षणका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले बताए ।

नेवा मिसा पुचः कास्कीले आगामी दिनमा जिल्लामा भएका सबै  सदस्यलाई यःमरी बनाउन सिकाउने योजना बनाएको छ । सबै पोख्त भएपछि यसलाई व्यावसायिकीकरण गरिने भएको छ । यःमरी प्रतियोगितामा कर्माचार्य मिसा पुचःले प्रथम हुँदै  १० हजार  पुरस्कार प्राप्त ग¥यो । द्वितीय जिरो मालेपाटन पस्र्याङ मिसा पुच, तृतीय बगर मिसा पुच र सान्त्वना शिशुवा मिसा पुच हुँदै क्रमशः सात हजार,  पाँच हजार र तीन हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij