२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्: गभर्नर अधिकारी

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्: गभर्नर अधिकारी

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन्। नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई शनिबार चितवनमा सम्बोधन गर्दै गभर्नर अधिकारीले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए।

आफूले चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने, ‘उक्त फार्म रु ५० लाख ऋणमा एक सय सात वटा गाई-भैँसी पालेर मासिक रु ६ लाख आम्दानी गर्नुभएको रहेछ। यो राम्रो काम हो।’ ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उनको भनाइ थियो।

बैंकहरूलाई अर्को बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भने, ‘वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस्।’ बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij