२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते 

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते 

 

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको  वडा नम्बर १० परिकोटको भित्री सडक स्थित च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट – ८ स्थित घर्तीगाउँका  जाँदै गरेकोे रा१द १४ नम्बरको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो  । ट्रयाक्टरमा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ ।

दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ   ।

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिव  १० : १५ बजे भएको कार्यालयले जनाएको छ ।   विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट – १० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट – ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक  फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij