२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री साह र भारतीय विदेशमन्त्री जयशंकरबीच  भेटवार्ता

प्रधानमन्त्री साह र भारतीय विदेशमन्त्री जयशंकरबीच  भेटवार्ता

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहसँग भारतका विदेशमन्त्री डा। एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार साँझ ६ बजेपछि भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको हो ।

भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij