२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

२०८३ मंसिर ८ सोमबार

कर्मचारीले नेताको चाकडी होइन, जनताको सेवा गर्नुपर्छ : गृहमन्त्री गुरुङ

कर्मचारीले नेताको चाकडी होइन, जनताको सेवा गर्नुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दल वा नेताको चाकडीमा नभई देश र जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन् । पदीय जिम्मेवारीभन्दा राजनीतिक नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।

उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले राखेको भए त्यस्तो सोच त्याग्नुपर्ने बताएका छन् ।

‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उनले लेखेका छन् ।

गुरुङले सरकार जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिरहेको बताएका छन् । उनले कर्मचारीले राजनीतिक चाकडीभन्दा जनसेवा र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij