२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै यहाँ नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्तिका निम्ति बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ ।

यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा शनिबार (कात्तिक २८) स्वीकृत गर्दै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।

संविधानको धारा १६८ को उपदफा २ अनुसार प्रदेशसभाका दुई वा त्योभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका निम्ति आफ्नो दाबी पेस गर्न शनिबारै प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई आउँदो मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका निम्ति आफ्नो दाबी पेस गर्न समयसीमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij