काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५ रन बनाए ।
पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । जितसँगै विराटनगर ६ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पोखरा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij