काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij