काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्ल प्रचण्ड’ले देशका एकथरि तत्व संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहसमा लागेका बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहमा प्रधानमन्त्रीले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकाले संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासिक जात्रा समापन गर्ने आफू पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij