२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

सरकार र पार्टीबीचको असमझदारी लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई

सरकार र पार्टीबीचको असमझदारी लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले नवोदित सत्ताधारी दलभित्रको असमझदारी सार्वजनिक रूपमा देखिन थाल्नु देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् ।

उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइराला समूहबीच देखिएको विवाददेखि २०४७ पछिको कांग्रेसको ७४ र ३६ समूह, २०५८ पछिको गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्षलाई स्मरण गरेका छन् ।

त्यस्तै, एमालेभित्र महाकाली सन्धिको पक्ष र विपक्षमा देखिएको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षधरबीचको अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्याएको उनको भनाइ छ ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्,’ भट्टराईले लेखेका छन् । जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक दलले गरेका गल्ती नदोहोर्याउन सुझाव दिँदै उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij