२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

सरकारी टोलीसँग वार्ता गर्न डा. केसीको अस्वीकार

सरकारी टोलीसँग वार्ता गर्न डा. केसीको अस्वीकार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफू राजनीतिक तहको नेतृत्वसँग मात्रै वार्ता गर्ने स्पष्ट सन्देश दिँदै फर्काएका हुन् ।

डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको वार्ता टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेका छन् । यसअघि २०८३ साउन ११ गते भएको सहमतिमा दुई सचिवले हस्ताक्षर गरे पनि त्यसलाई राजनीतिक नेतृत्वले अपनत्व लिएर कार्यान्वयन प्रक्रिया अघि नबढाएको उनको भनाइ छ ।

उनले यसअघिको सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने विषयलाई वार्ताको पूर्वसर्त बनाएका छन् ।
डा. केसीले यसअघिका सहमति कार्यान्वयन गर्ने अख्तियारी प्राप्त राजनीतिक नेतृत्वको उपस्थितिबिना नयाँ सहमति गर्नुको औचित्य नरहेको सन्देश सरकारी टोलीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij