२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पल शाहविरूद्धको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति

पल शाहविरूद्धको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति

 

काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर  छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij