२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर आएको विषयमाथि निष्पक्ष छानबिन गर्न सर्वोच्चको पूर्ण बैठकको आग्रह

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर आएको विषयमाथि निष्पक्ष छानबिन गर्न सर्वोच्चको पूर्ण बैठकको आग्रह

काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानूनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानूनको शासनप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै यसप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ ।

त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानूनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न तथा आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको अदालतले जनाएको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij