२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

मेरिल्याण्डमा ह्यारी भण्डारीको जितको ह्याट्रिक, तेस्रो कार्यकालका लागि निर्वाचित

मेरिल्याण्डमा ह्यारी भण्डारीको जितको ह्याट्रिक, तेस्रो कार्यकालका लागि निर्वाचित

अमेरिका — नेपाली मूलका डा. ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। नोभेम्बर ३ मा भएको निर्वाचनमा डिस्ट्रिक्ट–८ बाट डेमोक्र्याटिक पार्टीका उम्मेदवार रहेका भण्डारीले पुनः मतदाताको विश्वास प्राप्त गरेका हुन्।

नेपालको पर्वतमा जन्मिएका भण्डारी सन् २०१९ देखि मेरिल्याण्डको राज्य सांसदका रूपमा कार्यरत छन्। अमेरिकी राज्य संसद्मा निर्वाचित हुने पहिलो नेपाली मूलका व्यक्तिका रूपमा इतिहास बनाएका उनले पछिल्लो जितसँगै आफ्नो संसदीय यात्रालाई निरन्तरता दिएका छन्।

विजयपछि भण्डारीले मतदाता, स्वयंसेवक, सहयोगी तथा परिवारप्रति आभार व्यक्त गरेका छन्। शिक्षक र जनप्रतिनिधिका रूपमा समुदायको सेवा गर्न पाउनुलाई जीवनको ठूलो सम्मान भन्दै उनले सबै मतदाताप्रति आफ्नो जिम्मेवारी रहने बताएका छन्।

आफूलाई मत दिने र अन्य उम्मेदवारलाई समर्थन गर्ने सबैको आवाज प्रतिनिधित्व गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। डिस्ट्रिक्ट–८ का प्रत्येक परिवारको हितमा काम गर्ने र समुदायको साझा भविष्यका लागि सक्रिय रहने उनको भनाइ छ।

भण्डारीको लगातार तेस्रो विजयपछि अमेरिकासहित विभिन्न देशमा रहेका नेपाली समुदायका सदस्यहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij