काठमाडौं । डोल्पामा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा हिमपातका कारण उनीहरू फसेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ ।
कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेकोबारे प्रशासनलाई जानकारी गराइएको थियो । सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना भारतीय पर्यटक रहेका छन् ।
घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धार गर्ने प्रक्रिया अघि बढाइएको छ । उद्धारका लागि आवश्यक समन्वयसमेत भइरहेको प्रशासनले जनाएको छ । सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij