२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

जिल्ला कारागार डोल्पाबाट कैदी फरार

जिल्ला कारागार डोल्पाबाट कैदी फरार

दुनै । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन् । शुक्रबार राति कारागारबाट सुरुङ खनेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार कैदीबन्दीले ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर कारागारबाट भागेका हुन् ।

फरार हुनेमा करणी मुद्दाका पाँच जना र चोरी मुद्दाका तीन जना रहेका छन् । करणी मुद्दाका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया, वडा नम्बर ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक चोरी मुद्दाका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएका छन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij