काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो ।
रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ ।
खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो ।
जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij