२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मधेसी क्लस्टरबाट कांग्रेस सहमहामन्त्री बने फिरदोस आलम

मधेसी क्लस्टरबाट कांग्रेस सहमहामन्त्री बने फिरदोस आलम

काठमाडौं । मोहम्मद फिरदोस आलम नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा मधेसी क्लस्टरबाट आलम सहमहामन्त्री निर्वाचित भएका हुन् ।

उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् । उनी रौतहट–२ बाट निर्वाचित भएका थिए ।

फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनको गतवर्ष निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij