२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बालकृष्ण खाँणको मुद्दामा उच्च अदालतमा आज सुनुवाइ हुँदै

बालकृष्ण खाँणको मुद्दामा उच्च अदालतमा आज सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले आज सुनुवाइ गर्दैछ । खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीशका बीचमा राय बाझिएको थियो ।

दुई जना न्यायाधीशबीच राय बाझिएकाले तेस्रो इजलासमा आज पेशी तोक्ने अदालतले निर्णय गरेको थियो । न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलास मा राय बाझिएको थियो । आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।

उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको थियो । मंसिर १५ गते अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने ६ जनालाई धरौटी रकम लिएर रिहा गर्ने र ४ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij