२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

मधेशबाट कांग्रेस केन्द्रीय सदस्यमा रघुवीर कार्की नै किन ?

मधेशबाट कांग्रेस केन्द्रीय सदस्यमा रघुवीर कार्की नै किन ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश खुलातर्फ केन्द्रीय सदस्य पदका लागि युवा नेता रघुवीर कार्कीले उम्मेदवारी दिएका छन्। पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको कार्कीले बताएका छन्।

कार्कीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २०६५ सालमा नेपाल विद्यार्थी संघका तर्फबाट पशुपति बहुमुखी क्याम्पसको स्ववियु सहसचिव निर्वाचित भएका कार्की त्यसपछि नेविसंघको राजनीतिमा निरन्तर सक्रिय रहे। २०७४ सालमा सम्पन्न नेविसंघको ११औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

सर्लाहीबाट दोस्रोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित कार्कीले पार्टीको संगठनात्मक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दा उनले निर्वाचन परिचालन समितिको नेतृत्व गरेका थिए।

अधिवक्तासमेत रहेका कार्कीले पार्टीभित्र परिवर्तन र रूपान्तरण आवश्यक रहेको बताउँदै त्यसका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसलाई समयअनुकूल बनाउँदै संगठनलाई थप गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

विद्यार्थी राजनीतिबाट पार्टीको मूल राजनीतिसम्मको अनुभव, नेविसंघको केन्द्रीय जिम्मेवारी, महाधिवेशन प्रतिनिधिका रूपमा निरन्तरता र निर्वाचन परिचालनको अनुभवलाई आधार बनाउँदै कार्की मधेश खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्। नयाँ पुस्ताको सहभागिता र पार्टी रूपान्तरणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका कार्कीले मधेशबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij