२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी

पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौं । सभामुख देवराज घिमिरेले पदमप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका छन् । महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।

तर राष्ट्रपतिले महासचिव नियुक्त गरेका छैनन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij