२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

युवा केन्द्रीय सदस्यमा सुबिन पराजुलीको उम्मेदवारी, कांग्रेसलाई बलियो बनाउने एजेण्डा

युवा केन्द्रीय सदस्यमा सुबिन पराजुलीको उम्मेदवारी, कांग्रेसलाई बलियो बनाउने एजेण्डा

मोरङ । सडकदेखि नीति बहससम्म युवाका मुद्दा उठाउँदै आएका मोरङका सुविन पराजुली नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित पराजुलीले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

पथरीशनिश्चरे नगरपालिका–१ का पराजुली मोरङ क्षेत्र नं. ३ बाट युवा खुलातर्फ ५०६ मतसहित सर्वाधिक मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको नीति तथा निर्णय निर्माणको तहमा पुग्ने लक्ष्यसहित केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेको उनले बताएका छन्।

“युवाका मुद्दा सडक र बहसमा मात्रै सीमित हुनु हुँदैन। पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामै युवाको अर्थपूर्ण सहभागिता आवश्यक छ,” पराजुलीको भनाइ छ, “त्यसका लागि पार्टीको केन्द्रीय तहमा युवाको आवाजलाई स्थापित गर्ने उद्देश्यले उम्मेदवारीको तयारी गरेको हुँ।”
पराजुली सामाजिक जवाफदेहिता, लैंगिक समानता, दिगो विकास, कृत्रिम बुद्धिमत्ता, समावेशिता र युवा सहभागितासम्बन्धी अभियान तथा नीति बहसमा सक्रिय रहँदै आएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर अनुसन्धान, पैरवी र क्षमता विकासका क्षेत्रमा समेत काम गरेको उनको अनुभव छ।

पराजुलीको राजनीतिक सक्रियता भने विद्यार्थी जीवनमै सुरु भएको हो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनका क्रममा कांग्रेसको प्रचार–प्रसार अभियानमा सहभागी हुँदै उनी पार्टीका राजनीतिक गतिविधिमा सक्रिय भएका थिए। २०७२ सालको भूकम्पपछि राहत तथा सामाजिक सेवाका अभियानमा समेत उनी जोडिए। जेसीज पथरी र उद्योग वाणिज्य संघ पथरीले सञ्चालन गरेको राहत संकलन अभियानमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

२०७३ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११औँ महाधिवेशनमा सहभागी भएपछि उनको विद्यार्थी राजनीतिक यात्रा थप सक्रिय बन्यो। त्यसपछि २०७३ देखि २०७८ सालसम्म काठमाडौंमा रहेर नेविसंघको राजनीतिमा सक्रिय भएका उनले विद्यार्थी संगठनमार्फत युवा परिचालन, संगठन विस्तार र पार्टीका गतिविधिलाई स्थानीय तहसम्म पुर्‍याउने काममा भूमिका खेले।
पथरीशनिस्चरे नगरपालिकामा पाटिको गतिबिधि नभएको देखेर उनिले २०७५ सालमा १८ वर्षको कलिलो उमेरमा जिपि अध्ययन केन्द्रको मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी लिएर रामशरण महत, मिनेन्द्र रीजाल, अमृत आर्यल, कुन्दनराज काफ्ले,डिग बहादुर लिम्बु लगयत नेताहरुलाइ एउटै मञ्चमा राखेर आफ्नो भुगोलमा राजनितिक गतिबिधि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

२०७७ सालमा तत्कालिन राजनितिक परिस्तिथिलाइ विश्लेषण गर्दै अब नेपाली कांग्रेस भित्र रहेका युवा नेताहरु गगन थापा,प्रदिप पौडेल,चन्द्र भन्डारी,गुरु घिमिरे,धनराज गुरुङ, बद्री पान्डे र जिवन परियारलाइ एकै ठाउमा उभियाएर `गिरिजाबाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका´ विषय शीर्षक रखेर पाटिको नेतृत्व लिन युवा नेतृत्वलाइ दबाब दिन खोजेका थिए । त्यस समयमा पाटिको आन्तिरिक गुटबन्दी र स्थानीय नेताहरुको साथ नपाएर कार्यक्रमको अग्गिलो दिन उनलाइ कार्यक्रम स्थगित गर्न बाध्य पारिएको थियो । `मलाइ अगाडि बढ भनेर हौशला दिने,कार्यक्रम गर्छु भन्दा समर्थन गर्ने नेतृत्व नपाएको सम्झ्दै हाल गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि आफ्नो त्यस बेलाको सपना साकार भएकोमा खुसि व्यक्त गदै पार्टी भित्र हाल युवाको सहभागिता देखेर हर्षित छन ।

उक्त कार्यक्रम स्थगित भएपछि पूर्ण त्यो स्तरको कार्यक्रम गर्न सकिन भने राजनितिक करियरमा असफलताको टिका लगाइदिन्छन भन्ने सोचेर त्यसै वर्ष तत्कालिन महामन्त्री डा. शशांककोइराला,डा.मिनेन्द्र रिजाल,गुरुराज घिमिरे लगाएत नेताहरुको उपस्तिथिमा पथरीशनिस्चरे बजारमा खुल्ला आमसभाको आयोजना गरेका थिए ।

विद्यार्थी राजनीतिसँगै पार्टी संगठनमा समेत आफ्नो प्रभाव विस्तार गर्दै आएका पराजुली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा अत्याधिक मत प्राप्त गरी निर्वाचित भएका थिए। त्यसै महाधिवेशनबाट उनी कांग्रेस मोरङ जिल्ला सदस्यमा एक हजार हराहारी मत प्राप्त गरेपनि जित निकाल्न सकेका थिएनन ।

२०७९ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेपछि उनले विद्यार्थी संगठनमार्फत युवा सहभागिता र संगठन विस्तारलाई प्राथमिकतामा राखे। पार्टीका कार्यक्रम तथा अभियानमा युवालाई जोड्ने र संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने गतिविधिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। उनको नेतृत्वमा २०८१ सालमा नेवि संघ केन्दृय सिमितिले काठमाडौंको राष्ट्रिय सभागृहमा ` संघीय लोक्त्रान्तिक गणतन्त्रको सर्थकता र स्थायित्वको अपरिहार्यता´ विषयक बिचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो । बिभिन्न आन्दोलनमा पक्राउ परेका पराजुलीको नेवि संघका तत्कालिन अध्यक्ष राजिब ढुंगानाको नेतृत्वमा भएको सडक आन्दोलनको क्रममा आर आर कलेज अगाडि प्रहरीको दमनबाट हात भाचिएको थियो ।।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय पराजुलीले युवा पुस्ताका समसामयिक विषयलाई राजनीतिक एजेन्डासँग जोड्दै आएका छन्। सामाजिक जवाफदेहिता, समानता, समावेशिता र दिगो विकासका विषयमा हुने बहसमा उनको सहभागिता रहँदै आएको छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्तालगायत प्रविधिसँग जोडिएका नयाँ विषयलाई समेत सार्वजनिक नीति र राजनीतिक बहसको हिस्सा बनाउनुपर्ने उनको धारणा छ।

१५औँ महाधिवेशनमा युवा क्लस्टरबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई उनले युवामाझ आफ्नो राजनीतिक एजेन्डाप्रतिको समर्थनका रूपमा लिएका छन्। अबको लक्ष्य भने पार्टीको केन्द्रीय निर्णय प्रक्रियामा नयाँ पुस्ताको उपस्थिति बलियो बनाउने रहेको उनको भनाइ छ।

कांग्रेसमा पुस्तान्तरण, युवा सहभागिता र संगठनको नयाँ पुस्तासँगको सम्बन्धबारे बहस भइरहेका बेला पराजुलीको केन्द्रीय सदस्यमा उम्मेदवारीको तयारीले मोरङमा मात्रै नभई कांग्रेसको युवा राजनीतिमा समेत चासो बढाएको छ। विद्यार्थी राजनीतिबाट पार्टीको मूल संगठन हुँदै महाधिवेशन प्रतिनिधिसम्म आइपुगेका पराजुलीले अब आफ्नो राजनीतिक यात्रालाई केन्द्रीय नेतृत्वतर्फ अघि बढाउन खोजेका छन्।

उनले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउने, युवालाई कांग्रेसको संगठनसँग जोड्ने तथा नीति निर्माणमा नयाँ पुस्ताको सहभागिता बढाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

तपाइ जस्तो जेन्जिलाइ पार्टीले केन्द्रीय समितिमा स्थान देला भन्ने प्रश्न गर्दा पराजुलि भन्छन , हामी सामजिक,राजनितिक ज्ञान र अनुभव प्राप्त गरेका जेन्जी हौ, आजको सामजले तोडफोड र आगज्नी गर्ने जेन्जीलाइ देशको नेतृत्व सुम्पिएको देख्दा हामी जस्तो जेन्जीलाइ कांग्रेसजनले स्वीकार गर्ने कुरामा कुनै दुइ मत रहदैन भन्ने कुरामा विश्वास गरेको छु ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij