काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ भने ४ प्रतिशत बोनस सेयर रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij