काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक अहिल्यैदेखि सुरु भइसकेको छ। तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक गर्ने क्रम सुरु भैसकेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को मंगलबार एक कार्यक्रमबीच साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वर स्थित होटेल तपोवनमा सार्वजनिक गरियो ।
मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने बलियो र सकारात्मक सन्देश बोकेको तीज गीत ‘केटी पार्टी’ को म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको नृत्य एब अभिनय रहेको छ । पवन सुस्लिङको छायांकन ,एबम सम्पादन रहेको भिडियोको कोरियोग्राफी एब निर्देशन सफल भिडियो निर्देशक एबम कलाकार मनिष श्रेष्ठले गरेका हुन् । भिडियोलाई मनिष श्रेष्ठको अफिसियल युट्युब च्यानल ( Manish Shrestha )मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा अभिनय एब नृत्य गरेका बिमला भण्डारी ,कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठले सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् उनीहरूले यसपटक रहर र उत्साहका साथ तीज गीत निर्माण गरेको र आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij