२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

सङ्कटबाट पार पाउन ‘तत्काल परिवर्तन’ आवश्यक रहेको क्युबाली शीर्ष नेतृत्वद्वारा स्वीकार

सङ्कटबाट पार पाउन ‘तत्काल परिवर्तन’ आवश्यक रहेको क्युबाली शीर्ष नेतृत्वद्वारा स्वीकार

हवाना । क्युबाको कम्युनिस्ट मोडेललाई ठूलो सङ्कटबाट पार पाउन ‘तत्काल परिवर्तन’ आवश्यक रहेको क्युबाका राष्ट्रपति मिगुएल डियाज–केनेलले बताएका छन् । कट्टरपन्थी सुधारको आवश्यकतालाई अझै पनि स्पष्ट रूपमा स्वीकार गर्ने उहाँले सङ्कट आउनुमा बाह्य शक्तिलाई मात्र दोष दिएर नहुने बताए ।

“परिस्थितिले तत्काल र निश्चित परिवर्तनको माग गर्दछ,” डियाज–कनेलले कम्युनिस्ट पार्टीको पोलिटब्युरोलाई दिएको र बिहीबार क्युवाली सञ्चारमाध्यमले प्रसारित सम्बोधनमा भनेका छन् ।

डियाज–कनेलले निजी क्षेत्रलाई बढावा दिने र सङ्कटका कारण विदेशबाट भागेका लाखौं क्युबालीहरूबाट थप पुँजी आकर्षित गर्ने उद्देश्यले सुधारलाई द्रुत गतिमा ल्याउन आह्वान गरिएको बैठकमा बताए ।

यी प्रस्तावहरू अभूतपूर्व अमेरिकी दबाबको सामनापछि क्युबाको अर्थतन्त्र विश्वसामु खुला गर्न लागि चीन र भियतनामलाई नमूनाका रूपमा उदृत गर्दै क्यानेलले भने, “केही सुधारहरूमा ‘पूर्ण सहमति हुनेछैन तर सुधार प्रयास अगाडी नबढाइरहन सकिदैन।”

उनले भने, “कम्युनिस्ट पार्टी र सरकारको जिम्मेवारी सङ्कटको व्याख्या गर्ने मात्र प्रयास गर्नुको सट्टा जब जनताको जीवन यति कठिन भएको यसको समाधान खोज्नु र नागरिकलाई राज्यको अभिभावकत्व महशुुस गराउनु पनि हुनेछ ।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा लगाएको तेल आपूर्तिको नाकाबन्दीले क्युबाको अर्थतन्त्र निकै सङ्कटग्रस्त बनेको छ । क्यवाले कहिलेकाहीँ ३० घण्टाभन्दा बढी समयसम्म चल्ने बिजुली कटौतीको सामना गरेको छ भने खाद्यान्न, इन्धन, पिउने पानी र औषधिको अभाव भएको छ ।
हवानाले आफ्नो समस्यालाई छ दशकभन्दा बढी अमेरिकी व्यापार प्रतिबन्ध र नाकाबन्दीलाई दोष दिने गरेको छ । डियाज–क्यानेलले भने, “त्यहाँ ‘केही समस्याहरू’ आन्तरिकसमेत रहेका छन् ।”

उनले “ढिलासुस्ती, कर्मचारीतन्त्र र मूल्यमान्यताहरू समस्याका लागि दोषी भएको पनि बताए । राष्ट्रपतिको सम्बोधनमा आएका यी सुधारलाई बुधबार कम्युनिस्ट पार्टीले अनुमोदन गरेको थियो ।

राष्ट्रपतिको सुधारका बिषयमा पूर्व राष्ट्रपति राउल क्यास्ट्रोको समर्थन पनि आएको छ । उनले राष्ट्रपतिको धारणालाई ‘यस समयमा क्रान्तिको लागि सबैभन्दा फाइदाजनक’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij